प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार एपिएफ क्लबले सुदुरपश्चिम प्रदेश सामु एक सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङका लागि आएको एपिएफले निर्धारित २० ओभरमा एक सय २८ रनको योगफल तयार पारेको थियो ।
एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे ।
सुदुरपश्चिमका लागि रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए ।

समूह ‘बी’ मा सुदुरपश्चिम र एपिएफले समान एक खेल जितेका छन् । प्रदेश दुई र गण्डकी प्रदेशले भने अंक खाता खोल्न सकेका छैनन् । समूह ‘ए’ बाट प्रदेश एक विजेता र लुम्बिनी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 11:06
2021/09/10, 11:47
2022/07/18, 5:57
2020/08/28, 6:42