प्रधानमन्त्री कप महिला क्रिकेटः सुदुरपश्चिमले प्रदेश २ लाई दियो १४४ रनको टार्गेट (LIVE)
2021/12/23, 11:23
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विहीवार लिग चरणका अन्तिम दुई खेल भईरहेका छन् । पहिलो खेलमा समुह बी मा रहेको सुदुरपश्चिमले प्रदेश २ सँग प्रतिस्पर्धा गरिरहेको छ ।

सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट क्षतिमा १४३ रन बनाएको छ । सुदुरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी सहित ५० रन बनाईन् । त्यस्तै रुवि पोदारले २१ रन डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाईन् ।
प्रदेश २ का लागि विमला मगरले २ विकेट लिईन् । त्यस्तै साना प्रविन, अनुराना चौधरीले एक एक विकेट लिईन् । १४४ रनको लक्ष्य पछ्याएर प्रदेश २ ले ब्याटिङ गरिरहेको छ । यो खेलको विजेता सेमिफाईनल प्रवेश गर्नेछ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 11:06
2021/09/10, 11:47
2022/07/18, 5:57
2020/08/28, 6:42