प्रधानमन्त्री कपको पहिलो दोस्रो सेमिफाईनलः एपिएफलाई लुम्बिनी प्रदेशको चुनौती 
2021/12/25, 11:02
 
ss

शनिबार हुने दोस्रो सेमिफाईनलमा विभागीय टीम एपिएफलाई लुम्बिनी प्रदेशले चुनौती दिनेछ । एपिएफ पनि बलिङ र ब्याटिङमा अब्बल नै रहेको छ । एक खेलाडी नचल्दा अर्को खेलाडीले एपिएफको पारी उकासिरहेको छ ।

जारी प्रतियोगितामा एफिएफले प्रतियोगिाकै सर्वाधिक दोस्रो ठुलो एक सय ५० रनको स्कोर बनाएको छ । पहिलो खेलमा ९८ रन बनाएको एपिएफले दोस्रो खेलमा एक सय २८ रन बनाएको थियो । एक सय ५० रन एपिएफले तेस्रो खेलमा बनाएको हो । सर्वाधिक रन बनाउने १० जना खेलाडीहरुको सुचीमा एपिएफका मात्रै चार जना खेलाडी रहेका छन् ।

ममता चौधरी, रोमा थापा, ज्योती पाण्डेय र ईन्दु वर्मालाई रोक्न लुम्बिनी प्रदेशलाई मुस्किल पर्नेछ । ब्याटिङसँगै एपिएफ बलिङमा पनि बलियो रहेको छ । बलियो टोली मानिने सुदुरपश्चिमलाई एपिएफले ३९ रनमै समेटेको छ । त्यस्तै गण्डकीलाई ३३ रनमा रोक्न सफल टोलीकी करुणा भण्डारी सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो नम्बरमा रहेकी छिन् । उनले तीन खेलमा ७ विकेट लिएकी छिन् । 

लुम्बिनी प्रदेशले पनि विभागीय टीमलाई कडा टक्कर दिनेमा दुई मत छैन । कप्तान सरस्वती जिसी उत्कृष्ट लयमा रहँदा नेरी थापाको साथले टिमलाई थप हौसला प्रदान गर्नेछ । लुम्बिनीकी मधु डिसी र सुस्मिता भुषालको कसिलो बलिङले एपिएफलाई गाहे पार्न सक्नेछ । उनीहरुले तीन खेलमा समान ४ विकेट लिएका छन् । एपिएफ समुह बी को विजेता बन्दा तीन खेलमा जित हात पार्दै अविजित रहेको छ । लुम्बिनी प्रदेश समुह ए को उपविजेता हो । प्रदेश १ सँग हार्दा कर्णाली र बलियो वागमति प्रदेशलाई हराएर सेमिफाईनल पुगेको हो । खेलमा कस्ले जित्ला ? त्यसको नतिजा दोस्रो सेमिफाईनल सकिएप्छि मात्रै थाहा हुनेछ । 

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भईरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।