कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम राजधानी कप २०७८ को उपाधि वनदेवी युवा क्लबले जितेको छ । शनिबार साँझ भएको फाईनलमा र रेसिङ सहारा कोहलपुरलाई ३–२ ले हराउँदै अत्तरियाकै वनदेवी युवा क्लबले उपाधि जितेको हो ।
गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भएको फाईनलमा वनदेवीलाई उपाधि जिताउन युवराज ढकालले २ गतेल गरे । फिलिप तामाङले १ गोल गरे ।
रेसिङ सहारा कोहलपुरका लागि माधव भण्डारी र चेतन कठायतले समान एक गोल गरे । पिएफए स्पोर्टस क्लबको आयोजनामा भएको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कपको उपाधिसँगै वनदेवीले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता रेसिङ सहारा कोहलपुरले नगद २ लाख ५० हजार सहित ट्रफी र मेडल पाएको छ ।
वनदेवीका दिपेन्द्र मलासी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने । उनले नगद २० हजार सहित ट्रफी पाए । वनदेवीका धनराज थापा उत्कृष्ट रक्षक, आकाश बुढा क्षेत्री उत्कृष्ट गोलरक्षक, योगेन्द्र खड्का उदयमान खेलाडी र कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । रेसिङ सहाराका माधव भण्डारी उत्कृष्ट मिडफिल्डर भए । उनीहरुले जनही नगद १५ हजार सहित ट्रफी पाए ।
महिला तर्फको उपाधि मनकामनालाई
प्रतियोगिता अन्तर्गत महिला तर्फको उपाधि धनगढीको मनकामना युवा क्लबले जितेको छ । कञ्चनपुरको रोयल गोखार्जलाई ३–० ले हराउँदै मनकामना च्याम्पीयन भएको हो । मनकामनालाई सानदार जित दिलाउन अन्जना राई, तुल्सा वोहोरा र नेहा खड्काले समान १ गोल गरे । विजेता भएसँगै मनकामनाले नगद एक लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता रोयल गोखार्जले नगद ७५ हजार सहित ट्रफी र मेडल पाएको छ ।
मनकामनाकी तुल्सा बोहोरा प्रतियोगिताकी सर्वोकृष्ट खेलाडी भईन् । उनले नगद १५ हजार सहित ट्रफी पाईन् । यस्तै मनकामनाकी सरस्वती रोकाया उत्कृष्ट रक्षक, लीला जोशी उत्कृष्ट गोलरक्षक र अन्जना राई सर्वाधिक गोलकर्ता भईन् । रोयल गोखार्जकी अन्जली चन्द उत्कृष्ट मिडफिल्डर र अत्तरिया फुटबल एकेडेमीकी सोनम शाह उदयमान खेलाडी भईन् । उनीहरुले जनही १० हजार नगद सहित ट्रफी पाईन् ।
समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत रहेकी थिईन् ।