सुदूरपश्चिमका कोरोनाले तीन जनाको मृत्यु भएको छ । कैलालीमा दुई जना र बाजुरामा एक जनाको मृत्यु भएको हो । मृत्यु भएका तीन जना नै महिला रहेका छन् । त्यसमा एक दुई बर्षीया वालिका रहेकी छिन् । सवैको मृत्युपछि मात्रै पुष्टि भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलावर मात्रै कोरोनाले कैलालीकी महिलाको मृत्यु भएको छ । नेपालगंज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो । कैलालीको लम्की चुहा वडा नम्बर २ की ४३ बर्षीयाको मंगलवार मृत्यु भएको थियो । वुधवार उनको परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेका कारण उपचार गर्न गएपछि नेपालगंज मेडिकल कलेज कोहलपुरमा मंगलवार मृत्यु भएकी महिलाको कोरोना वुधवार पुष्टि भएको नेपालगंज मेडिकल कलेजले जनाएको छ ।
मंगलवार मृत्यु भए लगत्तै उनको स्वाब संकलन गरिएकोमा वुधवार भेरी अञ्चल अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको नेपालगंज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले पुष्टि गरे । शव मेडिकल कलेजमै राखिएको मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए । सेनाले शवको अन्त्यष्टि गर्ने भएका कारण स्थानीय प्रशासनलाई पनि जानकारी गराईसकेको उनले बताए ।
यसअघि डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको थियो । दुई साता अघि प्रादेशिक अस्पतालको डायलाइसिस वार्डमा मृत्यु भएको थियो । ती महिलाको धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएपछि रिपोर्ट पोजेटिभ आएको थियो । उनको सेतीमा डायलाइसिस सुरु गरेको पाँच मिनेटमै महिलाको मृत्यु भएको थियो ।
बिराङ्गना हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलाइसिस सुरु गर्नुअघि आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो । महिलाको मृत्यु भइसकेपछि कोरोना जाँचका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएपछि परिक्षण गर्दा पोजेटिभ आएको थियो ।
सुदुरपश्चिम प्रदेशमा बाजुरामा दुई वर्षीया बालिकाको पहिलो मृत्यु भएको थियो । बुढिगंगा नगरपालिका–१ को धुरालसैनको क्वारेन्टीनमा आमासँगै वसेकी ती वालिकालाई थप समस्या देखिएपछि सदरमुकाम मार्तडीको आइसोलेसनमा लगिएको थियो । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिकाको मृत्यु भएपछि संकलन गरिएको थ्रोट स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।