कैलालीका कोरोना संक्रमित बस चालकः जसले एयर एम्बुलेन्स पर्खिदा पर्खिदै ज्यान गुमाए
2020/06/17, 9:22
 
corona

शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार गरिरहेका उनको वुधवार साँझ मृत्यु भएको हो । उनको मंगलावर रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो । यसअघि उनको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो । उनले यसअघि अत्तरियाका क्लिनिक र अस्पतालमा धाएका थिए भने नवजीवन अस्पतालमा जानु अघि उनी धनगढीकै माया मेटे«ा हस्पिटलमा उपचारका लागि गएका थिए । उनलाई त्यहाँ भर्ना गर्न भनिएकोमा भर्ना नभएरै फर्किएका थिए । त्यसपछि उनी नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए । त्यहाँ उपचार गर्दा गर्दै उनलाई कोरोना पुष्टि भएको थियो । 

ती संक्रमित पुरुषले भारतबाट आएकाहरुलाई क्वारेन्टिनसम्म वस मार्फत पुराउँदै आएका थिए । उनी वस चालक मात्रै नभएर आफै वस मालिक पनि थिए । सार्वजनिक यातायात व्यवसायी संघका सदस्य पनि रहेका थिए । महेन्द्रनगरको यातायात समिति मार्फत उनले वस चलाउँदै आएका थिए । कोरोना मृत्यु भएका ती वस चालकले सीमानामा अलपत्र परेका सयौ नेपालीलाई क्वारेन्टिनसम्म सुरक्षित पुराए तर आफ्नो उपचारका लागि गन्तव्यमा जाने व्यवस्था नहुँदा ज्यान गुमाए । 

गम्भीर अवस्थामै नवजीवनको आईसियुमा उपचार गराईरहेका उनलाई आईतबार सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याएर उपचार थालिएको थियो । कोरोना अस्पतालमा पनि उनको अधिकांश समय आईसियु र भेन्टिलेटरमै वित्यो । अवस्थामा सामान्य सुधार आएपनि उनको अवस्था चिन्ताजनक नै रहेको थियो । उनलाई उपचारका लागि काठमाण्डौं लैजान एयर एम्बुलेन्सको व्यवस्था गर्नका लागि सोमवारदेखि लागेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले बताए ।

उनका अनुसार सामाजिक विकास मन्त्रालयले मंगलवार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गरेर एयर एम्बुलेन्सका लागि भनिएको थियो । वुधवार विहानसम्म एयर एम्बुलेन्स आउने भनिएकोमा साँझसम्म पनि नआउँदा ती वस चालकको मृत्यु भएको हो । ‘तीन दिनदेखि एयर एम्बुलेन्सका लागि पहल गरिरहेका थियौ । मन्त्री ज्यु ले पनि जसरी नि उपचारका लागि काठमाण्डौं पठाउनु पर्यो भन्नुभएको थियो ।’ सुचना अधिकारी खड्काले भने,– ‘विभिन्न निजि कम्पनीहरुसँग मैले आफै कुरा गरेको थिए । अन्त्यमा सेना तयार भएको थियो । पछि किन पठाईएन त्यस वारेमा जानकारी भएन् ।’ मंगलवारदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन् । आफुहरुले पनि एयर एम्बुलेन्सका भनेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । 


भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर बिभिन्न स्थानमा पु¥याउने क्रममा उनी संक्रमित भएका थिए । उनी कहिले आफै बस चलाउँथे । कहिले बसको क्याविनमा चालकसंगै बस्थे । त्यही क्रममा उनी संक्रमित भएको बताईएको छ । सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको वुधवार सांझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । उनलाई उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको थियो । खराव मौसमका कारण नेपाल वायु सेवा निगमको सानो जहाज काठमाण्डौंबाट धनगढी आउन सकेन । भोली उनको उद्दारका लागि निगमको सानो जहाज धनगढी आउने पक्का भएको थियो । तर अव जहाज आउनु परेन् । अरुको उद्दार गर्दा गर्दै संक्रमित भएका उनको भने उद्धार हुन नपाएरै मृत्यु भयो । एयर एम्बुलेन्स नआउँदा उनी सदाका लागि अस्ताए ।