बैमौसमी वर्षाका कारण सुदूरपश्चिममा धान उत्पादनमा कमी
2022/01/03, 7:11
 
crct

सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा प्रदेशमा धान उत्पादनमा कमी आएको हो ।

चालू आर्थिक वर्ष २०७८/७९ मा  चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।

गतवर्षको तुलनामा प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको हो ।

प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति र्पुयाउदा धान उत्पादनमा कमी आएको हो ।

यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति र्पुयाएको मन्त्रालयले जनाएको छ ।