कैलालीमा जीपको ठक्करबाट एक जनाको मृत्युपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । गोदावरी नगरपालिका वडा नम्वर ६ मा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक जोशीपुर गाउँपालिकाका ३२ बर्षीय गम्भीर कुडकेनीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन । वुधवार साँझ पनि सडक अवरुद्ध गरेका उनीहरुले विहीवार विहानैदेखि फेरि सडक अवरुद्ध पारेका हुन् ।
दोषीलाई कारवाहीको माग गर्दै लालपुरमा राजमार्ग अवरुद्ध पारिएको हो । मृतक कुडकेनी केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल हुन । उनी कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान जिल्ला सदस्य हुन । वुधवार दिउँसो बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी गम्भीरको घटनास्थलमै मृत्यु भएको थियो । जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जिवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।