धनगढीका कोरोना संक्रमितको घर सील गरिएपछि परिवारलाई छाक  टार्न समस्या
2020/06/18, 9:05
 
korona

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ए गाँउका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सील गरिएका उनका परिवारका सदस्यहरुलाई छाक टार्न समस्या भएको छ । जेठ २० गते भारतको मुम्बईबाट आएका ३२ वर्षीय पुरुषमा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनका तीन घर सील गरिएका छन ।

एउटा घरमा उनका ६५ वर्षीय बुवा र ५९ वर्षीया आमा बस्छिन । अर्को घरमा उनकी भाउजु र भाई बुहारी र उनीहरुका ३ सन्तान बस्छन । घर सील गरिएपछि परिवारका सदस्य बाहिर जान पाएका छैनन । न त उनीहरुले खाद्य तथा अन्य अत्यावश्यकीय सामाग्री खरीद गर्न पाएका छैन । न त उनीहरुलाई स्थानीय तह र वा अरु स्थानीयले उनीहरुलाई सहयोग गरेका छन । घर सील गरिएपछि छाक टार्न समस्या भएका उनीहरुलाई ह्युमानिटी फाउण्डेसनले एक महिनाका लागि खाद्यान्न, नुन, तेल, दाल, बिस्कुट र महिलाहरुका लागि हाईजेनिक प्याक प्रदान गरेको छ । पर्पल फाउण्डेसनका तर्फबाट हाईजेनिक प्याक र ह्युमानिटी फाउण्डेसनका तर्फबाट खाद्य सामग्री वितरण गरिएको हो ।

१२ किमी हिडेर कोरोना परीक्षण 
कोरोना आशंका गरिएका उनी दुई दिन अघि ६ किमी पैदल हिडेर कोरोना परीक्षणका लागि धनगढी पुगे । परीक्षणपछि हिडेरै घर फर्के । सुस्त मनिस्थितिका उनलाई सम्हाल्न अगाडी ५९ वर्षीया आमा थिईन । र पछाडी ६५ वर्षीय बुवा । र संगै थिए, प्रहरी । बिहान ८ बजे घरबाट हिडेका उनीहरु कोरोना परीक्षणपछि दिउँसो २ बजे घर फिर्ता भएका थिए । एम्बुलेन्स वा अन्य सवारी साधनको व्यवस्था नहुँदा उनीसंग उनका बृद्ध बुवा आमाले पनि पैदल १२ किमीको दुरी तय गर्नु प¥यो ।