स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु
2020/05/12, 9:50
 
accident

कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उप–महानगरपालिकाको वडा नम्वर १३ मा म १ प ९३६ नम्वरको स्कुटर दुर्घटना भएको हो ।
दुर्घटनामा वडा नम्वर ३ केदार टोलका दिर्घ ऐरीको मृत्यु भएको हो ।

स्कुटर चालक ऐरी दुर्घटनामा परी घाईते भएपछि चटकपुर स्थित आराधना मेडिकलमा उपचारपछि अवस्था सामान्य भएको भन्दै घर फर्किएका थिए । तर राति फेरी स्वास्थ्यमा समस्या भएपछि थप उपचारका लागि निसर्ग अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नतले जानकारी दिए ।