
असिनाले कैलालीको चुरे क्षेत्रमा हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । कैलालीको चुरे र मोहन्याल गाउपालिका क्षेत्रमा आईतबार सोमबार साँझ असिना परेको थियो ।

बर्षासहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको गरेकको चुरे ३ सहजपुरका स्थानीय डिबी कठायतले जानकारी दिए । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको स्थानीय कठायतले बताए ।
सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश बगैँचाको सुन्तला निकासी भए पनि केही मात्रामा सुन्तला टिपेर बजार पठाउन बाँकी थियो ।

हिउँ पर्नुको साटो बेमौसममा असिना परेकामा कृषकले अनौठो मानेका छन् । क्षतिको विवरण सङ्कलन र राहतको व्यवस्थाका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग माग गरेका छन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09