सुदुरपश्चिमका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा
2022/01/12, 10:44

नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगको छन् ।

ब्याडमिन्टन वर्ल्ड फेडेरेशन बीडब्ल्यूएफले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ सुदुरपश्चिमको दार्चुलाका प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।
पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

पहिलो पटक विश्व वरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्सले धेरै खुसी व्यक्त गर्दै यसले अझै राम्रो गर्न प्रेरणा दिने बताएका छन् । दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार पाँच सय अङ्क छ ।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53