१५ नेपाली खेलाडीद्धारा आइपिएल मेगा अक्सनमा नाम दर्ता
2022/01/22, 1:30
 
da

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आइपिएलले कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको जनाएको छ । जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन् ।

एसोसियट देशबाट ४१ खेलाडी रहेका छन् । नेपालबाट मात्रै १५ खेलाडीले नाम दर्ता गराएका छन् । कुन कुन खेलाडीले नाम दर्ता गराएको खुलाइएको छैन । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले अहिलेनै नाम सार्वजनिक गर्न नमिल्ने बताए ।

सर्वाधिक धेरै टि२० विश्वकप च्याम्पियन अष्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, आयरल्यान्डबाट ३, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्टइन्डिजबाट ४१ र जिम्बावेबाट २ खेलाडी छन् ।

नेपालबाट १५ र नामिबियाबाट ५ खेलाडीले नाम दर्ता गराएका छन् । त्यस्तै भुटान, नेदरल्यन्ड्स, स्कटल्यान्ड अमेरिकाबाट १–१ खेलाडीले नाम दर्ता गराएका छन् । ओमानबाट तीन खेलाडीले नाम दर्ता गराएका छन् । एसोसियटबाट नेपालबाट सर्वाधिक खेलाडीले नाम दर्ता गराएका हुन् । टेस्ट टेली ओयरल्यान्ड, जिम्बावे, बंगलादेश भन्दा बढी नेपालबाट खेलाडीले नाम दर्ता गराएका छन् ।

भुटानबाट मिक्यो दोर्जी रहेको अनुमान गरिएको छ । उनी भारतमै बस्दै अभ्यास गर्ने गर्दछन् । गत असोजमा एभरेष्ट प्रिमियर लिग (इपिएल) ललितपुर प्याट्रियटर्सबाट खेलेका थिए । १० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरि सकेका छन् । दर्ता गराएको नामबाट आइपिएलमा सर्ट लिट हुनेछ । सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन् ।

आइपिएल अक्सन फेब्रुअरी १२ र १३ म हुने भनिएको छ । तर आइपिएलले औपचारिक रुपमा घोषणा भने गरेको छैन । यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागीता रहने छ । १० टोली हुने हुँदा सन्दीप लामिछाने सहित केहि नेपाली खेलाडीको सम्भावना रहन्छ ।