
बझाङमा हिँउमा ट्याक्टर चिप्लिएर दुर्घटना भएको छ। जिल्लाको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाँउपालिका २ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सुप्रप ०१००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको हो।

निरन्तरको हिमपातका कारण उद्धारमा समस्या भएको प्रहरीले बताएको छ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52