
सुदूरपश्चिम प्रदेशमा १२५ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार ५९ नमूनाको कोरोना जाँच गर्दा ९३४ नमूनाको नतिजा भने नेगेटिभ आएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट ९१२ नमूनाका कोरोना जाँच गर्दा ७७ र पीसीआर बिधिबाट १४७ नमूनाको कोरोना जाँच गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ५९१ पुगेको छ ।निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ३२६ जनाले कोरोना जितेका छन ।

यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ४० हजार ५२३ पुगेको छ ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52