सुदूरपश्चिम प्रदेशमा तेस्रो लहरको कोरोना त्रास घट्दै
2022/02/05, 9:43
 
aa

सुदूरपश्चिम प्रदेशमा तेस्रो लहरको कोरोना त्रास घट्न थालेको छ । पछिल्लो समय सङ्क्रमण दर घट्दै गएपछि तेस्रो लहर र नयाँ भेरियन्टको कोरोनाको त्रास कम हुन थालेको हो । डेढ हप्ता अगाडि सङ्क्रमण उच्च बिन्दुमा अब सङ्क्रमण दर निरन्तर घट्दै गएको छ । सङ्क्रमण दर घट्दै गएपछि जनजीवन सामान्यतर्फ लम्केको छ ।

प्रदेशभरि एक हजार ५९ जनाको परीक्षण गर्दा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अर्थात कुल परीक्षणको ११.८ प्रतिशत व्यक्तिमा कोरोना पुष्टि भएको छ । यो सङ्क्रमण दर माघ १० गतेको तुलनामा २३.७४ प्रतिशतले कमी हो । माघ १० प्रदेशमा सङ्क्रमण दर सबैभन्दा ३५.५५ प्रतिशत रहेको थियो । 

शनिवार प्रदेशमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय ३१ जनाको एन्टिजेन र १ सय १६ जनाको पीसीआर परीक्षण गर्दा आज ९० जनामा संक्रमण पुष्टि भएको हो। शुक्रवार १२५ जनामा संक्रमण फेला परेको थियो भने, बिहीवार १७२ जनालाई कोरोना पुष्टि भएको थियो।

आज संक्रमण पुष्टि भएकामध्ये २७ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९७४ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ३ हजार ३११ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ७६ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।