सामुदायिक वन विरोधी कानुन खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन
2022/02/06, 2:12
 
ss

सामुदायिक वनको अधिकार कटौती हुने गरी ल्याएको नियमावली मस्यौदाको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश महासंघ कैलालीको आयोजनामा धनगढीमा नाराबाजीसहित प्रदर्शन गरिएको हो ।

वन उपभोक्ता महासंघले सामुदायिक वनको अधिकार कटौती गरी तयार गरिएको ऐन नियमावली २०७८ को मस्यौदा, प्रदेश बन ऐन,तेहरो कर र वन पैदावारमा लगाएको प्रतिबन्धको विरुद्धमा आन्दोलन गरेका हुन ।

उनीहरूले सामुदायिक वनमा भइरहेको प्रतिगमन अन्त्य गर, सामुदायिक वनको अधिकार सुनिश्चित गर, सार्वजनिक वन अधिकार विरोधी कानुन खारेज गरु भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।