सेती प्रयोगशालामा थप २२ जनामा कोरोना पुष्टि
2022/02/07, 1:41
 
aa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८१ नमुना परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

२४ घण्टामा ५ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा २२ जना संक्रमित विरामी उपचाररत छन् ।

ती मध्ये सात जनाको आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।