
कैलालीमा मंगलबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिएको छ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका-८ जमुनाघाडी चोकमा बझाङ जाँदै गरेको सुपप्र ०१००१ ख २१८६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से२प ५४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएरको हो।
दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका(९ बल्मीका ३९ वर्षीय पदम खत्री घाइते भएका र उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बससहित चालक बझाङको बित्थडचीर गाउँपालिका(५ का २८ वर्षीय सञ्जय महरलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52