
भारतको बङ्गलोरबाट घर फर्किएका दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ का एक युवकको मृत्यु भएको छ । त्रिनगर नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिए ।

मानसिक रुपमा अस्वस्थ्य रहेका युवकलाई एक दिन मात्रै लटिनाथ माविको व्वारेन्टिनमा राखिएको थियो । धनगढी र लटिनाथमा गरिएको आरडिटी रिपोर्ट नेगेटिभ थियो ।
युवकमा ज्वरो बढ्दै गएको थियो । मृतककोे बिहीबार राती नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाईएको संयोजक धामीले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38