
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ नमुना परीक्षण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा ७ जना निको भई घर फर्किएका छन् ।

हाल अस्पतालमा १६ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये एक जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका का ७४ वर्षीय पुरुषको बुुधबार बिहान मृत्युु भएको हो । ती पुरुष कोरोना देखिएपछि माघ १९ गते अस्पताल भर्ना भएका थिए ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/20, 4:07
2020/10/25, 8:17
2021/05/22, 11:27
2021/12/27, 5:32
2023/01/08, 5:41