कैलारी गाउँपालिकाले भलमन्सा प्रथालाई कानूनी मान्यता दियो
2022/02/10, 3:38
 
dd

कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायमा प्रचलित भलमन्सा (बड्घर) प्रथालाई कानूनी मान्यता दिएको छ। थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको हो। ४९ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकामा ९७ प्रतिशत थारु समुदायका मानिसको बसोबास छ।

यो समुदायले मान्दै आएको परम्परागत भलमन्सा प्रथाको अखिलेखीकरण, संरक्षण, प्रवद्र्धन, विकास र अभ्यासमा टेवा पु¥याउने उद्देश्यले कानूनी मान्यता प्रदान गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ। सो गाउँपालिकाले ‘कैलारी गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०७८’ निर्माण गरेको छ।

नेपालको संविधान, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धी १६९, आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र र स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत प्रचलित कानून बमोजिम वाञ्छनीय भएकोले यो ऐन बनाइएको गाउँपालिकाले जनाएको छ।

भलमन्सा प्रथालाई जिम्मेवारीपूर्वक अगाडि बढाउने र अराजक हुनबाट जोगाउने हिसाबले सुझबुझका साथ ऐन बनाएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए।