डम्बर हत्या प्रकरण: दुई जना कारागार चलान, दुई धरौटीमा छुटे
2022/02/10, 3:47
 
aa

बैतडीको सुर्नया गाउँपालिका–६ का डम्बर अवस्थी हत्या आरोपमा पक्राउ परेका चार जनामध्ये दुई जनालाई कारागार चलान गरिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् । बैतडी जिल्ला अदालतले पक्राउ परेका सुर्नया–६ कै हरीश अवस्थी र नवराज अवस्थीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरेको हो ।

रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई ५०–५० हजार धरौटीमा रिहा गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । डम्बरको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । हरीश र नवराजले डम्बरको हत्यामा संलग्न रहेको स्वीकारेका थिए ।

गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते गाडेको अवस्थामा फेला परेको थियो।हरीशले दिएको लोकेसनको आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला परेको हो । त्यसअघि हरीशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटकसमेत गरेका थिए । मृतक डम्बर विप्लव कार्यकर्ता रहेका थिए ।