
भारतसंग जोडिएका पश्चिमी सिमानाका चार दिनका लागि बन्द हुने भएका छन् । भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसंग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साझ ६ बजेदेखी बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए। उनका अनुसार माघ २८ गते साँझ ६ बजेदेखी फागुन २ गते साँझ ६ बजेसम्म नाका बन्द हुनेछन् ।
त्यसैगरी बैतडीको झुलाघाट, दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगालगायतका भारतसंग जोडिएका नाका बन्द हुनेछन् । निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको हो।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/20, 4:07
2020/10/25, 8:17
2021/05/22, 11:27
2021/12/27, 5:32
2023/01/08, 5:41