बैतडीमा पेट्रोल–डिजलको कालोबजारी हुने गरेको पाइएको छ। सेवाग्राहीहरुले जिल्लामा सहजै पेट्रोलियम पदार्थ नपाइने अवस्था रहेको बताएका छन्।
जिल्लामा सतबाज बजारनजिकै एउटा मात्र भण्डारी आयल स्टोर छ। त्यहाँ समयमा कहिल्यै पेट्रोल र डिजेल नपाइने गरेको सेवाग्राहीको गुनासो छ।
प्रशासन, प्रहरी तथा सरकारी कार्यालयका सवारीसाधनलाई मात्र उक्त आयल स्टोरले सहजै इन्धन दिने गरेको बताइएको छ। अन्य सवारीसाधनले भने नपाउने अवस्था छ। एक जिप चालक हरिश भट्टका अनुसार बजारमा तेलमा कालोबजारी समेत भइरहेको छ।
जिल्लाका अधिकांस पसलहरूमा वोत्तलमा राखेर पेट्रोल र डिजेल बेच्न थालेपछि कालोबजारी बढेको अर्का एक चालकले बताए। यसरी पसलहरूमा बेच्नेले पसल र बजार अनुसार फरक—फरक मुल्य लिने गरेका छन्।
यता जिल्ला प्रशासन कार्यालयले भने आयल स्टोर्सले पेट्रोल विक्री घटाएकोले समस्या भएको जनाएको छ।