
भारतले पठाएको बेलुनसहितको उपकरण दार्चुलाको नौगाडमा झरेको छ । उपकरणसहित भेटिएपछि यो शंकाको विषय बनेको छ । दार्चुलाको नौगाड गाउँपालिकाको ढामडेरामा बेलुन सहितको उपकरण भेटिएको हो । त्यसमा मौसम विज्ञान केन्द्र देहरादुन लेखिएको छ ।

भारतले मौसम सम्बन्धि तथ्यांक संकलनका लागि बेलुन पठाएको बुझिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए । ‘ बेलुनमा एउटा उपकरण राखेको अवस्थामा भेटिएको थियो,’ उनले भने, ‘त्यो भारतले मौसम सम्बन्धि तथ्यांक संकलनको लागि पठाएको भन्ने बुझिएको छ ।’
‘यसअघि पनि पठाउने रहेछन्, हावा कम भएपछि बेलुन झरेको हो,’ उनले भने, ‘मौसम सम्बन्धि तथ्यांक संकलनका लागि भए त ठिकै हो, अन्य प्रयोजनको लागि पनि हुनसक्छ, प्राविधिकसँग सल्लाह गरिरहेका छौं ।’

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/20, 4:07
2020/10/25, 8:17
2021/05/22, 11:27
2021/12/27, 5:32
2023/01/08, 5:41