कैलालीमा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित
2022/02/12, 12:18
 
dd

कैलाली सहित देशभरका १३ जिल्लामा अझै पनि पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।  कर्णाली बाहेक अन्य ६ वटै प्रदेशमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि माघ दोस्रो साता पाँच सय बढी सक्रिय संक्रमित रहेको जिल्ला २० थियो।   प्रदेश १ मा मोरङ, सुनसरी र झापा, मधेश प्रदेशमा धनुषा, बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, र काभ्रेपलाञ्चोक, गण्डकीमा कास्की, लुम्बिनी प्रदेशमा बाँके, रुपन्देहीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्। 

यस्तै १४ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यो सूचीमा कञ्चनपुर, सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, बर्दिया, दाङ र  छन्। हाल मनाङमा मात्र सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ जना पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१रहेको मन्त्रालयले जनाएको छ ।


May be an image of map