सुदूरपश्चिमका मुख्य स्वास्थ्य सूचकहरूको अवस्था सुधारोन्मुख
2022/02/14, 9:45
 
dd

पछिल्लो तीन वर्षमा सुदूरपश्चिमका मुख्य स्वास्थ्य सूचकहरूको अवस्था सुधारोन्मुख देखिएको छ । खोप, पोषण, सुरक्षित मातृत्व, एकीकृत बालरोग ब्यवस्थापन, परिवार नियोजन, ओपीडी सेवालगायतका स्वास्थ्य सूचकहरूको अवस्थामा केही सुधार देखिएको हो ।

स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य वार्षिक प्रतिवेदन ०७७/७८ अनुसार सुदूरपश्चिममा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७५/७६ मा पूर्ण खोप पाउने बालबालिको संख्या ७१.३ प्रतिशत रहेकोमा ०७७/७८ मा ७९.१ प्रतिशत पुगेको छ । सोही अवधिमा बीसीजी खोप पाउने बालबालिकाको प्रतिशत ८४.४ रहेकोमा अहिले ९०.२ प्रतिशत पुगेको छ ।

३ वर्षअघि डीपीटी पहिलो मात्रा खोप ८४.५ प्रतिशत बालबालिकाले पाएकोमा अहिले ८८.७ प्रतिशत पुगेको छ । डीपीटी तेस्रो मात्रा खोप पाउनेहरूमा पनि ३ प्रतिशतले वृद्धि भएको छ । दादुरा रुबेला दोस्रो मात्रा खोप पाउने बालबालिकाहरू तीन वर्षअघि ७४.६ प्रतिशत रहेकोमा हाल ८५.३ पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।