
सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १०७ नमुना परीक्षण गर्दा थप ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

निर्देशनालयका अनुसार ९९८ जनाको एन्टिजेन गर्दा ३५ जना र १०९ जनाको पीसीआर परीक्षण गर्दा १० जना गरी ४५ जनामा संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि भएकामध्ये ५ जना आज नै भारतबाट फर्केका नागरिक हुन् । आज सुदूरपश्चिमका नाका भएर ८७० जना स्वदेश फर्केका छन् ।
पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–७ की ४५ वर्षीया महिलाको आइतबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/20, 4:07
2020/10/25, 8:17
2021/05/22, 11:27
2021/12/27, 5:32
2023/01/08, 5:41