प्रधानमन्त्री स्वरोजगार कार्यक्रमः गत वर्ष काम गरेकाले पाएनन् ज्याला
2022/02/15, 9:00
 
dd

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ की बबिता पालले गत वर्ष ६ दिन प्रधानमन्त्री स्वरोजगार अन्तरगतको काम गरिन्। उक्त वडाको स्याउले सामुदायिक वनमा पार्क निर्माण गर्ने भन्दै सरसफाई गरेकी उनले २ दिनको मात्रै ज्याला पाइन्। बाँकी रहेको २ हजार ६८ रुपैयाँ पटक–पटक माग्दा पनि उनलाई दिइएन।

चालु आर्थिक वर्षको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालनका लागि सूचना सार्वजनिक हुँदा पनि आफुले गत वर्षको ज्याला नपाएको उनले बताइन्। उनले भनिन, ‘६ दिन काम गरेकी हु। तर २ दिनको मात्र ज्याला दिए। अध्यक्षलाई माग्न गएकी हुँ, तर दिएनन्।’ उनका अनुसार सामुदायिक वन क्षेत्रमा पार्क समेत निर्माण भएको छैन। वन क्षेत्रमा झडी फेरि फैलिएको छ।

पालसँगै कल्पना खड्काले पनि २ दिनको ज्याला नपाएको बताएकी छिन्। ‘अर्काको खातामा गएको छ भन्दै थिए। मेरो दुई दिनको दिएनन्। हामी तीन जनाको बाँकी रहेको हो। हामीले हाजिर पनि लगाएका थिय। रकम आधा रकम दिएन,’ उनले भनिन्। वडा नम्बर ८ का वडाध्यक्ष नरेशबहादुर अधिकारीले भने सो विषयमा जानकारी नभएको बताए। उनले उक्त विषयमा बुझ्ने बताएका छन्।