कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि गाडिएका पिल्लरहरु हटाइएको छ ।लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीको ढुङ्गे बजार नजिक करिब २ हेक्टरवन क्षेत्र अतिक्रमण गरी जमिन छुट्याएको वन कर्मचारीको टोलीले १५० पिलर भत्काएको छ ।
चिसापानी सब डिभिजन बन कार्यलयको समन्वयमा नेपाल प्रहरी चिसापानी, लम्की, सशस्त्र प्रहरी डुडेझारी, राष्ट्रिय अनुसन्धान बिभाग, सब डिभिजन बन कार्यलय लम्की र टिकापुरको सयुक्त टोलीले अतिक्रमण हटाएको सब डिभिजन चिसापानी प्रमुख पुर्णकुमार बिष्टले जानकारी दिए ।
कर्णाली कोरिडोर बर्दिया राष्ट्रिय निकुञ्ज, भारत दुधुवा राष्ट्रिय निकुञ्ज, (कर्तनिया वल्र्ड लाइफ सेन्चुरी), चुरे भावर हुँदै बसन्ता जैविक मार्गसँग जोडिएको कोरिडोर हो । कर्णाली कोरिडोरलाई निकै महत्वको कोरिडोरका रूपमा हेरिएको छ । सो स्थानबाट स्थल प्राणी र जलचर प्राणीले ओहोरदोहोर गर्ने गर्दछन् ।
पछिल्लो समयमा अति संबेदनसिल क्षेत्र कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा पर्न थालेपछि सबैको सकृयतामा खाली गराएको सब डिभिजन चिसापानी प्रमुख बिष्टले जानकारी दिए । सो क्षेत्रमा मानविय क्रियाकलापले गर्दा कोरिडोर क्षेत्रमा अव्यवस्थित घर निर्माण, बजारीकरण, बिकास पुर्वाधार निर्माणका कार्य हुदा वन्यजन्तुलाई ओहोरदोहोर गर्न बासस्थान नासिदै गएकोले निकै जोखिममा परेको बताईएको छ ।