
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६१ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
२४ घण्टामा थप एकजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १० जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये ५ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–१ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52