
बझाङ जिल्लाको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षिया किशोर कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
नुहाउन गएका बोहरालाई बिहीबार दिउँसो करिब साढे १२ बजेतिर बाहुली खोलामा डुबेको देखेपछि स्थानीयहरूले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारकै क्रममा बोहराको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर लोकेन्द्र सिंह कार्कीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07