सेतीमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु, ८ जनामा संक्रमण पुष्टि
2022/02/18, 4:30
 
corona

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना कैलाली र एक जना कञ्चनपुरका रहेका छन ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा कोरोना उपचाररत गोदावरी नगरपालिका – ४ का ८२ बर्षिय पुरुष र पुनर्वास नगरपालिका – ७ का ८० बर्षिय पुरुषको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ३ जनाले कोरोना जितेका छन भने १ नयाँ संक्रमित कोरोना उपचारका लागि भर्ना भएका छन । हाल सेतीमा ६ संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । जसमध्ये ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन

यसैबिच अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५ नमूनाको कोरोना जाँच गरिएकोमा ७७ जनाको नतिजा भने नेगेटिभ आएको छ ।