विश्वकप छनोटको पहिलो खेलमा नेपाल विजयी
2022/02/18, 4:33
 
khel

आईसीसी टी-ट्वेन्टी ग्लोबल क्वालिफायरअन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ। ओमानविरुद्धको खेलमा नेपालले ३९ रनको जित हासिल गरेको हो।

नेपालको जितमा कमलसिंह ऐरीले ३ विकेट लिए। यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। दिपेन्द्रसिंह ऐरीले २ विकेट र जितेन्द्र मुखिया र अविनाश बोहोराले समान १-१ विकेट लिए।

टस जितेर पहिले बलिङ रोजेको ओमाले नेपालबाट एक सय १८ रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय १७ रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको ओमान १७ ओभरमा ७८ रनमा समेटियो।

ब्याटिङतर्फ नेपालका लागि आज आरिफ शेखले सर्वाधिक ३८ रन जोडे। यस्तै कप्तान सन्दीप लामिछानेले १६ रन जोड्दा लोकेश बमले पनि १६ रन नै बनाए। ज्ञानेन्द्र मल्ल आज १५ रन बनाएर आउट भए। यस्तै दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमलसिंह ऐरीले १ रन बनाए।

योसँगै नेपालले सेमिफाइनलमा प्रवेश गर्ने पहिलो खुड्किला पार गरेको छ। अब दोस्रो खेलमा नेपालले फिलिपिन्सको सामना फेब्रुअरी १९ मा गर्नेछ। यस्तै तेस्रो खेल फेब्रुअरी २१ मा क्यानेडाविरुद्ध खेल्ने तालिका रहेको छ।