
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३३९ नमुना परीक्षण गर्दा थप ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार एक सय नमुना पिसिआर परीक्षण गर्दा ९ जना र एक हजार २३९ जनामा एन्टिजेन परीक्षण २१ जना गरी ३० जनामा संक्रमण देखिएको हो ।
२४ घण्टामा भारतबाट फर्किएका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कैलाली र कञ्चनपुरका एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–४ का ८२ बर्षिय पुरुष र पुनर्वास नगरपालिका –७ का ८० बर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52