अत्तरियामा मापसे गरेर चलाइएको सरकारी बाइक प्रहरी फन्दामा, पछाडि युवती
2022/02/20, 10:00
 
dd

कैलालीको अत्तरियामा सार्वजनिक बिदाको दिन चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फन्दामा परेको छ। शनिबार चालकले मादक पदार्थ सेवन गरेर से १ ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीको नजर गएको हो।

मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ हजार जरिमाना गरिएको प्रहरी निरीक्षक गणेश उप्रेतीले बताए।

उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए। मोटरसाइलमा एक युवती समेत सवार थिइन्। उनको परिचय खुलेन।