
लायन्स क्लब अफ इनटरनेशनल ३२५ एन को डिष्ट्रिक्ट गभर्नरमा सी बी चन्द निर्वाचित भएका छन् । लायन्स क्लब अफ इनटरनेशनल ३२५ बी २ को चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ बनेको डिष्ट्रिक्ट ३२५ एनको अध्यक्षमा चन्द निर्वाचित भएका हुन् ।

महाधिवेशनबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा मुकुट ढकाल, द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा बिनोद कुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै क्याबिनेट सेक्रेटरीमा गोबिन्द अधिकारी र क्याबिनेट कोषाध्यक्षमा खेमराज भट्ट निर्वाचित भएका हुन् ।
महाधिवेशनमा अनलाइनका माध्यमबाट मतदान गरिएको थियो ।डिष्ट्रिक्ट ३२५ बी २ नेपाल चार डिष्ट्रिक्टमा बिभाजित भएको छ । राप्ती नदीबाट (पश्चिमको साविकको मध्यपश्चिम र सुदुरपश्चिम)सम्पुर्ण क्षेत्र र काठमाण्डौका केही क्लबहरु सहित लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एनको स्थापना भएको छ

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52