
दार्चुलामा एक युवतीको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका–४ घर भएकी २२ वर्षीय कमला ठगुन्नाको शव नौगाड गाउँपालिका–६ बस्ने सङुवा ठगुन्नाको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सोही घरमा सवारी चालक रहेका उनका श्रीमान प्रेम सिँह ठगुन्नाको डेरा रहेको थियो। प्रेम सिंहले सङुवा ठगुन्नाको गाडी चलाउने गरेका थिए। कमला श्रीमानलाई भेट्न यही फागुन २ गते मात्रै घरमा आएकी थिइन्।
आइतबार श्रीमान र गाडी शाहु सङुवा धनगढी आएका बेला उनी कोठामै मृत फेला परेको दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए। कमलाको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52