सेती प्रयोगशालामा थप  नौ जनामा कोरोना पुष्टि
2022/02/23, 11:55
 
ss

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप  नौ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५२ नमुना परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा पाँच जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये दुई जनाको आइसियूमा उपचार भइरहेको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै सोही अवधिमा दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।