नवजीवन सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभाको तयारी तीव्र पारिएको छ । साधारण सभा मार्फत नयाँ कार्यसमिति समेत चयन हुने भएकाले चुनावी सरगर्मी समेत बढेको छ ।
नयाँ नेतृत्वको लागि देवबहादुर बम र रतन कठायत प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्। बमको समूहले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्यानल घोषणा गरेको छ।
जसको उपाध्यक्षमा भरत राज जोशी रहेका छन् । यस्तै सदस्यहरूमा इन्दिरा जैशी , गोपालराज पाठक ,गोमा अधिकारी , घन बहादुर शाह ,पदमराज सापकोटा ,प्रकाश जोशी, डा. महेशराज विष्ट रहेका छन् । यस्तै अन्य सदस्यमा माधव चौधरी ,रबी कुँवर ,विश्वनाथ ओझा ,शिवकुमार फुलारा रहेका छन् ।
सोही समूहबाट लेखा समितिमा मदनराज ओझा ,गणेश प्रसाद उपाध्याय र सरस्वती कोली उम्मेदवार बनेका छन् । घोषणा सभामा बोल्दै अध्यक्षका उम्मेदवार बमले संस्थालाई नयाँ उचाइमा पुर्याउन आफ्नो समूहको उम्मेदवारी रहेको बताए ।
उनले आफ्नो समूहलाई सबै पार्टी , सङ्घ संस्था र सबै शेयर सदस्यको समर्थन रहेको जिकिर गरे । नवजीवन सहकारी संस्था २०५० सालमा ९ जना शेयर सदस्यले सुरु गरेका हुन् । हाल संस्थाका झन्डै ३० हजार शेयर सदस्य रहेका छन् । नयाँ कार्यसमिति चयनका लागी संस्थाको फागुन २८ गते निर्वाचन हुँदै छ ।