धनगढीमा क्यानको बार्षिक साधारण सभा सुरु (फोटो फिचर)
2022/02/25, 1:46
 
da

कैलालीको धनगढीमा आजबाट नेपाल क्रिकेट संघको बार्षिक साधारण सुरु भएको छ । उद्घाटन सत्रमा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

3

3

त्यसै गरी उद्घाटन सत्रमा नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज, ’संघले क्रिकेट विकास हुन् पर्ने आम अपेक्षा पुरा गर्न सक्ने विश्वास लिएको छु। खेल छेत्रमा विगतमा व्यापक राजनीतिकरण हुने प्रचलन बिस्तारै कम हुँदै गएको छ । 

3

3

खेल छेत्रमा समर्पित व्यक्तिहरूलाई जिम्मेवारी दिँदै अघि बढ्नुपर्छ। राज्यले खेलकुदमा अत्यन्त न्यून बजेट छुट्याउदा पूर्वाधार र प्रतियोगितामा असर परेको छ, त्यसैले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, ’नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठुलो सङ्घर्ष गर्दै आइरहेको छ। सरकारी स्तरमा नै क्रिकेट प्रति लगानी कम हुँदै गएको अनुभूति हामीले गरेका छौ ।

1

3

क्रिकेटमा अनुशासन कायम गर्न, पारदर्शी रूपमा काम अघि बढाउन वर्तमान कार्यसमिति कटिबद्ध रहेको छ । नेपाल टी२० लिग सञ्चालन गर्दै क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउन हामी अघि बढ्दैछौं ।

3

3