डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण एलपीएलको फाइनलमा 
2022/02/25, 2:06
 
aa

धनगढी - डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदान सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष प्रस्तुत गरेको थियो । १ सय ७५ रनको विजयी लक्ष पछ्याएको विद्या भूषणले १० बल बाकी छँदै ४ विकेट गुमाएर लक्ष भेट्टायो ।  विद्या भूषणलाई फाइनलमा पु¥याउन कप्तान शेर मल्ल र वीरेन्द्र नाथले ९६ रनको उत्कृष्ट अविजित साझेदारी गरे । नाथले ४१ बलमा ३ चौका र ७ छक्काको  मद्दतले ७३ र मल्लले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५७ रनको विस्फोटक पारी खेले । ११.२ ओभरमा ७९ रन बनाएर ४ विकेट गुमाएको विद्या भूषणका कप्तान मल्लले १७ औँ ओभरमा २७ रन प्रहार गर्दै टिमलाई रोमाञ्चक जित दिएका हुन् । १७ औँ ओभरमा विद्या भूषणको पोल्टामा २९ रन आयो । उसका प्रदीप चन्दे १७ रन बनाए । 

बलिङ तर्फ हिमालयनका दीपक बोहरा (जुनियर) ले २ र सन्दीप शाहीले १ विकेट लिए ।  यस अघि हिमालयनका लागि लक्की कडायतले ४१ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४७ रन बनाए । दीपक बोहरा ९जुनियर० र राहुल भण्डारीले टिमलाई समान २५/२५ रनको योगदान दिए । उसका दीपक बोहरा सिनियरले २३ रन बनाउँदा नारायण जोशीले १७ र रजत तिमिल्सिनाले १५ रन बनाए ।  बलिङ तर्फ विद्या भूषणका कप्तान शेर मल्ल, वीरेन्द्र नाथ र प्रदीप चन्दे समान २/२ तथा अर्जुन साउद र नरेन साउदे १/१ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच शेर मल्ल घोषित भए ।  आजै हुने दोस्रो सेमिफाइनल खेलमा शारदा सरस्वती दोधारा र सत्यवती एकेडेमी अत्तरिया प्रतिस्पर्धा गर्दै छन् ।