राखेपका कार्यकारी सदस्य सचिब कुँवरद्वारा  खेलकुदका सामाग्री सहयोग
2022/02/28, 10:24
 
aa

राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य सचिब तथा एनआरएनए स्पोर्टस एकाडेमीका सल्लाहकार एकेन्द्र कुँवरले व्यक्तिगत सहयोगमा खेलकुदका सामाग्री सहयोग हस्तान्तरण गरेका छन् ।

सोमबार धनगढीमा राखेपका कार्यकारी सदस्य सचिब कुवरले खप्तड गोल्ड कप र फार्वष्ट पशुपति युवा कपलाई खेलकुदका सामाग्री सहयोग गरेका हुन् । खेलप्रेमी समेत रहेका राखेपका कार्यकारी सदस्य सचिब कुवरले खेल क्षेत्रमा युवालाई प्रेरित गर्न उदेश्यले खप्तड गोल्ड कपलाई १५ थान फुटबल, ३ थान नेट,१५ थान झण्डा, ६० वटा कक्स र डिजिटल बोर्ड सहयोग हस्तान्तरण गरेका छन् ।

यस्तै फारवेष्ट पशुपति कपलाई १२ थान फुटबल, ३ थान नेट र डिजिटल बोर्ड सहयोग गरिएको राखेपका कार्यकारी सदस्य सचिब कुवरले जानकारी दिए । खेलाडीहरुलाई खेल प्रशिक्षण गर्न खेल सामाग्रीको अभाव नहोस् भन्दै आफ्नो ब्यक्तिगत खर्चमा क्लबहरुलाई खेल सामाग्री सहयोग गरेको उनले बताए ।

3

भोलि खेल क्षेत्रमा भए या नभएपनी खेलकुद क्षेत्रमा ब्यक्तिगत रुपम सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै आफुले राखेपबाट खप्तड गोल्ड कपलाई १० लाख र फारवेष्ट पशुपति कपलाई ३ लाख रकम उपलब्ध गराउने निर्णय गराएको उनले जानकारी दिए ।