सुदूरपश्चिम खप्तड गोल्डकप : आज एनआरटी र बागमती भिड्दै
2022/03/04, 11:49
 
nrt

 सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार एक खेल हुँदैछ ।धनगढी रंगशालामा हुने खेलमा बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

ए डिभिजन क्लब एनआरटी आज मोफसलको टोली बागमतीलाई हराउँदै क्वाटरफाइनलमा पुग्न चाहन्छ । बागमती पनि एनआरटीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले हराएको थियो । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।  सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।