बैतडीमा पाटन प्रिमियर लिग: कैलपालले जित्यो उपाधि
2022/03/05, 12:04
 
aa

बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग पीपीएल क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लव, जर्गले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै कैलपालले उपाधि जितेको हो।

फाइनलमा टस जितेर ब्याटिङ गरेको कैलपाल १८।३ ओभरमा १७० रनमा समेटियो। जसमा मुकेश चन्द र राजु भाटले सर्वाधिक २३र२३ रन बनाए। पाटनका दीपेन्द्र चन्दले ४ विकेट लिए। श्रीकृष्ण माविको खेलमैदानमा १७१ रनको लक्ष्य पछ्याएको पाटनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदैं १६६ रन मात्रै जोड्न सक्यो। पाटनका लागि पंकज चन्दले ५५ रनको योगदान गरेपनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझायो। कैलपालका मुकेश चन्दले ३ विकेट लिए। उनी म्यान अफ द फाइनल चुनिए।

उपाधिसंगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ। सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान पाटनका विकास विष्ट भए भने पाटनकै दीपेन्द्र चन्द बेस्ट बलर भए। सर्वोत्कृष्टले ३ हजार ३३३ तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पााए। पाटन क्रिकेट क्लवको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो।