
कञ्चनपुरमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १० की ९ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा २२ बर्षीय विरेन्द्र दयाल पक्राउ परेको प्रहरीले जनाएको छ

पक्राउ परेका दयाल बैतडी मेलौली स्थायी घर भएर हाल कञ्चनपुरमा फुपुको घरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । उनले आफ्नै फुपुकी छोरीमाथि बलात्कार गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बालिकाका परिवारका सदस्यले दयालका बिरुद्ध जाहेरी दिएको बताए ।
