
बैतडीमा थप पाँच जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले मेलौली नगरपालिकाका एक महिला र ४ पुरुषमा कोरोना देखिएको पुष्टि गरे । उनीहरु पाँचै जना भारतबाट आएको बताईएको छ ।
क्वारेन्टिनमै बसेका बेला संक्रमण पुष्टि भएपछि उनीहरुलाई आईसोलेसनमा राख्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि शुक्रवार मात्र बैतडीमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै बैतडीमा संक्रमितको संख्या एक सय २१ पुगेको छ ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 1:21
2023/12/17, 3:44
2021/06/15, 6:52
2022/02/10, 11:56
2020/08/25, 2:58