मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको तेस्रो दिनः फोटोमा हेर्नुहोस्
2022/03/05, 7:49
 
dd

हिमालयन शेर्पा क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रंगशालामा शनिबार भएको खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ४–० ले हराउँदै हिमालयनले विजयी सुरुवात गरेको हो ।  जितसँगै हिमालयन शेर्पा क्वाटरफाईनल प्रवेश गरेको छ । सेमिफाईनल प्रवेशका लागि शेर्पाले अब आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल सोमबार धनगढी रंगशालामा हुनेछ । 

2

3

3

3

शनिबारको एकतर्फी खेलमा हिमालयनले ३१ औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनायो । उनले डेब्यु खेलमै हिमालयनका लागि गोल गरेका हुन् । ईटालीमा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली मुलका विकासले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्द भएका हुन् । लिगमा गोल गर्न नसकेका विकासले नेपालमा पहिलो गोल पनि खप्तड गोल्डकपमा गरेका छन् । 

3

3

2

2

खेलको ४३ औं मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । ५५ औं मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४–० को जित दिलाए । खेलको म्यान अफ द म्याच उल्रिच सिव भए । उनले नगद १० हजार पाए । 

2

2

3

खेलपछि प्रतिक्रिया दिदैं हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राईले उत्कृष्ट खेल प्रदर्शन गरेका कारण सानदार जित निकालेको बताए । ‘विकासले नेपालमा पहिलो गोल गरेको छ । उ अब्बल खेलाडी हो । उसले आफ्नो क्षमता देखायो । हामीले जुन गोल सक्यौ । त्यसले नै हामीलाई जित दिलायो ।’ प्रशिक्षक केसीले भने–‘टीमको लागि हाम्रो भएको छ । सबैले राम्रो खेलेको छ । अबका खेल पनि हामी राम्रो नै खेल्छौं । विपक्षी टीमका केही खेलाडीहरुले पनि टेक्निकल खेल राम्रो खेले ।’

3

3

नव जनजागृति युवा क्लबका प्रशिक्षक सोनु क्षेत्रीले आफ्ना सबै खेलाडी आउन नसकेका कारण खेल गुमाएको बताए । ‘हामी विपक्षी टीमसँग कमजोर देखियौं । दुई जना खेलाडी दुर्घटनामा परे । दुई जना विदेशी खेलाडी आउन सकेनन् । त्यसले हामीलाई समस्या पार्यो ।’ प्रशिक्षक क्षेत्रीले भने–‘टीममा जुनियर खेलाडी निकालर पनि ल्याएका थियौं । उनीहरुले पनि राम्रो खेल्न सकेनन् । धेरै समय हामीले डिफेन्डमै वितायौं । त्यसमै लागेका वेला गोल खान पुग्यौं ।’

3

2

2

3

3

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख भने पाउनेछन । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

3

3

2

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।  प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।