खप्तड गोल्डकप फुटबलमा आज फ्रेन्ड्स र क्यामरुनको एभेनिर भिड्दै
2022/03/06, 11:52
 
aa

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज आइतबार एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 ए डिभिजन क्लब फ्रेन्ड्स आज क्यामरुनी टोलीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । क्यामरुनको एभेनिर पनि फ्रेन्ड्सलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलेएक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।